डोटीमा लागु औषध नियन्त्रणलाई साझा सवालको रुपमा अघाडी बढाउन जोड

गणेश मौनी
१९ जेठ २०८० १:१२
डोटीमा लागु औषध नियन्त्रणलाई साझा सवालको रुपमा अघाडी बढाउन जोड

डोटी ।डोटीमा लागु औषध नियन्त्रणलाई सबैको साझा सवालको रुपमा अघाडी बढाउन एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
सामाजिक बिकास कार्यालय डोटीको सहकार्यमा बिहीबार जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको लागु औषध नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले लागु औषध लाई साझा सवालको रुपमा अघाडी बढाउन आवश्यक रहेको बताएका हुन् ।
पछील्लो समयमा डोटी जिल्लामा लागु औषध सेवन तथा ओसार पसारका घटनाहरु दिनानुदिन बृद्धी भईरहेकोले यसको नियन्त्रणमा सरोकारवाल निकाएको ध्यान जान आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक युवराज भण्डारीले बताउनु भयो ।
उनले भने प्रहरीको तथ्यांक अनुसार डोटीमा पहीले लागु औषध सम्बन्धीका घटनाहरु थिएनन् पछील्लो बर्षहरुको तथ्यांक हेर्दा आ.व.२०७६।०७७ मा चरेस सहित २ जना, आ.व.२०७७।०७८ मा चरेस सहित २ जना, आ.व. २०७८।०७९ मा हिरोयन सहित २ जना र चालु आ.ब.मा हिरोयन सहित ८ जना पक्राउ परेकोले लागु औषधका घटनाहरु दिनानु दिन बृद्धी भईरहेको बताउनु भयो ।
डोटीमा ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रमा लागु औषध प्रयोगकर्ताहरु बढी देखिने गरेको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट डा. निराजन श्रेष्ठले बताउनु भयो । यस विषयमा बालबालिका र समुदायलाई जानकारी गराउन आवश्यक रहेको समेत डा. श्रेष्ठले बताउनु भयो ।
लागु औषध नियन्त्रण लाई सबैको साझा सवालको रुपमा अघाडी बढाई सबै निकाएको सहयोग आवश्यक रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनु भयो । उनले भने नेपालमा लागु औषध प्रयोगकर्ता र ओसार पसारका घटनाहरु दिनानुदिन बढीरहेका छन डोटीमा प्रहरीको तथ्यांक हेर्दा पनि त्यही देखिन्छ प्रहरीको रेकर्ड भन्दा बाहीर पनि धेरै रहेको त्यसैले यस बिषयमा सबैको ध्यान जान आवश्यक रहेको बताउनु भयो । स्वास्थ्य कार्यालयले विद्यालय स्तरमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने योजना रहेको समेत प्रमुख मलासीले बताउनु भयो ।
लागु औषध नियन्त्रण गर्न विद्यालय र समुदाय स्तरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरि अभियानको रुपमा अघाडी बढाउन आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताउनुभयो । स्थानीय तहहरुलाई आर्थिक वर्ष २०८०।०८१ को निति तथा कार्यक्रमहरुमा लागु औषध नियन्त्रण सम्बन्धी कार्यक्रम तय गर्न समन्वय गर्ने समेत समन्वय प्रमुख सिंहले बताउनु भयो ।
लागु औषघ नियन्त्रण गर्न कुनै संघ संस्था, ब्यक्तिको एकल प्रयासले नभई सबैको साझा प्रयास आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो । लागु औषध, घरेलु हिंसा, बालबिबाह जस्ता कुरुतीहरुको अन्य गर्न प्रहरी प्रशासन मात्र नभई स्थानीय सरकार, विभिन्न बालक्लब, नागरिक समाज, युवा क्लब, महिला समुहहरु एकजुट भएर अघाडी बढ्न आवश्यक रहेको समेत प्रजिअ श्रेष्ठले बताउनु भयो । स्थानिय सरकारले लागु औषध नियन्त्रण गर्न योजनाका साथ अघाडी बढ्न आवश्यक रहेको समेत प्रजिअ श्रेष्ठले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख प्रतिनिधी, सुरक्षा निकाए, नागरिक समाज, बालक्लब, पत्रकार, संघ संस्थाका प्रमुख प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *