डोटी– विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । सोमबार बिहान जिल्ला अस्पतालका बिरामीहरुलाइ फलफूल बितण र साझ शैलेश्वरी मन्दिरमा दिप प्रज्वलन गरी गणतन्त्र दिवस मनाइएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । आइतबार भने गणतन्त्रको अवसरमा सिलगढी स्थित शैलेश्वरी मन्दिरको प्रांगण सरसफाई गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह,उप प्रमुख स्मृती चुनारा, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगायत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, पत्रकार लगायतको उपस्थितीमा फलफूल बितरण तथा दिप प्रज्वलन गरि शुभकामना आदानप्रदान गरिएको थियो ।
प्रतिक्रिया