सामाजिक विकास कार्यालयले सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम

सरिता कठायत
१७ वैशाख २०८० १४:०२
सामाजिक विकास कार्यालयले सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम

सरिता कठायत
डोटी / डोटी सामाजिक विकास कार्यालय राजपुरले जातीय भेदभाव,छुवाछूत,बालविवाह,महिला हिंसा लगायतका बिषयमा सरोकारवालाहरू सँग अन्तरक्रिया कार्यक्रम गरेको हो  । आइतबार दिपायल सिलगढी नगरपालिका ४ मा रहेको शिक्षा तालिम केन्द्रको हलमा सामाजिक विकास कार्यालयको आयोजनामा सरोकारवालाहरू सँग १ दिने अन्तरक्रिया कार्यक्रम गरेको थियो । समाजमा विकृतिका रूपमा चल्दै आएका सबै प्रकारका हिंसाहरूलाई न्यूनीकरण होस् भन्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरेको थियो । समाजमा जतिसुकै किसिमका घटनाहरू छन् ती सबैलाई सकारात्मकरूपले परिवर्तन गर्नु सबैको दायित्व रहेको जिल्ला समन्वय प्रमुख लक्ष्मण सिंहले बताएका छन्  । पिछडिएका सबै वर्गलाई प्राथमिकता दिनुपर्छ तब मात्रै परिवर्तन समाज हुनेछ दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि खड्काको भनाइ रहेको छ । उनले परिवर्तन चाहाने हो भने हतारमा होइन परिवर्तन विस्तारै हुन्छ र दिगो हुन्छ खड्काले बताए  । मल्लो जातीले मानिस मर्दा बजाउने संकलाई दलित जाति मर्दा पनि बजाउन आफूबाट सुरूवात गरे जिल्ला समन्वय उप प्रमुख स्मृति चुनाराले बताए । अहिले गाउँमा आफूले गरेको उदाहरणीय कार्य कसैले पनि बन्द गर्न सकेन सो कार्य निरन्तर चलेको छ र विकास सधैं विस्तारै हुने गर्छ चुनाराले जोड गरे  । समुदायमा हुने सबै प्रकारका हिंसा जन्य कार्यलाई रोक्न सधैं अगाडि बढ्ने शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले बताएका छन्  । परिवर्तन समाजको परिकल्पना गर्नुपर्दा आफूबाट सुरू गर्नुपर्छ डोटी क्याम्पसका प्रमुख दिलान्नद जोशीको भनाइ छ । पछिल्लो समयमा जातीय छुवाछूत हाम्रो समाजमा छैनन् शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टले जानकारी गराएका छन् । उनले भने पहिला दलित समुदायका मानिसहरूलाई शैलेश्वरी मन्दिरमा पुजा गर्न रोक लगाएको थियोे भने अहिले सबै जातका मानिस पुजा गर्न मन्दिर आउने गरेको भट्टले बताए । भेदभाव,छुवाछूत,बालविवाह,महिला हिंसा,लगायतका सामाजिक कुरीतिका मुख्य जड धामी,पुजारी रहेका सामाजिक विकास कार्यालय राजपुर डोटीका प्रमुख जयदेव महराले बताएका छन्  । समाजमा पुराना मानिसले बनाएका अलिखित कुराहरूले विकृति फैलाएको भएर यस्ता कुराहरूलाई सबै स्थानीय तह र सरोकारवालाहरूले आ_ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने महराले आग्रह गरेका छन् । स्थानीय तहले वडाबाट बालविवाह वडा घोषणा,हिंसा मुक्त वडा घोषणा,जातीय छुवाछूत वडा घोषणा तथा सबै प्रकारका हिंसा जन्य कुराहरू न्यूनीकरणका लागि जोड गर्नुपर्ने महराले बताएका छन् । कार्यक्रममा बालविवाहका बारेमा जिल्ला प्रशासनका सुचना अधिकारी दिपा जोशि,जातीय छुवाछूत अथवा कानुनी कार्वाहीका बारेमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी,लैंगिक हिंसा सम्बन्धि दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख रमेशचन्द जोशी र जातीय भेदभाव,छुवाछूतका बारेमा गैरसरकारी संस्था महासंघका अध्यक्ष लाल बहादुर विकले प्रशिक्षण गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय प्रमुख,उप प्रमुख,दिपायल सिलगढी नगरपालिका नगर प्रमुख,उप प्रमुख, कार्यपालिका सदस्यहरू,वडा अध्यक्षहरू,क्याम्पस प्रमुख,बिद्यालय प्रमुख, सरोकारवालाहरू,सुरक्षाकर्मी,पत्रकारहरूको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *