दिपायल- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा आज डडेल्धुराका योजना अनुगमन गर्दै छन्। देउवा प्रदेश सरकारमार्फत निर्माणाधीन योजना अनुगमनमा सक्रिय भएका हुन्।
शुक्रवार प्रदेश सांसद सरस्वती खड्का, मन्त्रालयका सचिवको टोलीसहित मन्त्री देउवाले अनुगमन सुरु गरेका हुन्। शुक्रवार डडेल्धुरा, कञ्चपुर र डोटीका योजना अनुगमन गरेका मन्त्री देउवाले शनिबार डडेल्धुराका योजना अनुगमन गर्ने कार्यक्रम छ। आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया चलिरहेकाले योजनाको अनुगमन गरी सोहीअनुसारको नयाँ योजना तयार गरिने मन्त्री देउवाले बताए।
उनले वर्षौँदेखि ठेक्का भएका योजनाको पनि प्रगति नदेखिएकाले अनुगमन गरी आवश्यक निर्णय लिनुपर्ने बेला आएको बताए। कञ्चनपुर बेदकोट नगरपालिका वडा न १० चौधर नदी दैजीको पुल, बेदकोट नगरपालिका वडा न ४ बालज्योति बगुनखोला पुल, दैजी जोगबुढा जोड्ने सडक निर्माण योजनाको मन्त्रीको टोलीले अनुगमन गरेको छ।
प्रतिक्रिया