जनताका समस्या समाधान नगर्ने गाउँपालिका भन्दै बडिकेदार गाउँपालिकामा तालाबन्दी

पाँजलो न्युज
६ वैशाख २०८० ८:५२
जनताका समस्या समाधान नगर्ने गाउँपालिका भन्दै बडिकेदार गाउँपालिकामा तालाबन्दी

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटीको दक्षिण जिल्ला पार्टीले जनताका समस्यालाई समाधान नगर्ने गाउँपालिका भन्दै तालाबन्दी गरेको हो ।

आफ्नो पार्टीले करिब दुई महिना अगाडि जनताका विभिन्न विषयहरूलाई लिएर गाउँपालिकालाई बुझाएको १२ बुदे मागपत्रमा गाउँ कार्यपालिकाले कुनै सुनुवाई नगरेको भन्दै नेकपाले बुधबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

सामाजिक सुरक्षा भत्ता लगायतका समस्याहरू समाधान गर्नुपर्ने माग नेकपाले राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *