डोटी । डोटीको शिखर नगरपालिकाले पालिकाको शैक्षिक गुणस्तर अभिबृद्धी गर्न नयाँ अभ्यासको सुरुवात गरेको छ ।
बिद्यालयको आधारभूत तहको बास्तबीक शिक्षण शिकाईको गुणस्तर तथा सिकाई दर मापन गर्नको लागि नगरपालिकाले कक्षा ८ लाई माध्यामीक शिक्षा परिक्षा(एसईई)को प्रक्रिया जस्तै परिक्षा संचालन गरि नतिजा मापन गरेको शिखर नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेर बहादुर कार्किले बताउनु भयो ।
उनले भने हाम्रो बिद्यालयहरुमा शिक्षाको बास्तबीक गुणस्तर कस्तो छ आगामी दिनमा गुणस्तर अभिबृद्धी गर्न सहजताहोस भन्ने हेतुले माध्यामीक शिक्षा परिक्षाको बिधी जस्तै प्रक्रिया अपनायर कक्षा ८ को परिक्षा संचालन देखि नतिजा सार्बजनिक गरेको बताउनु भयो । कक्षा ८ को परिक्षा संचालन गर्दा प्रश्नपत्र निमार्ण, परिक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष परिक्षा निरिक्षक, सहायक निरिक्षण निर्धारण, उत्तरपुस्तीका निमार्ण देखि छुट्टै परिक्षणा लगाएतका सम्पूर्ण कार्य एसईई परिक्षा संचालन बिधीजस्तै संचालन गरिएको समेत बताए ।
कक्षा ८ को परिक्षा यस्तो प्रक्रीयाबाट संचालन हुन्छ भने सम्पूर्ण बिद्यालयहरुलाई आर्थिक बर्षको सुरुवातमा नै जानकारी गराएको समेत शाखा प्रमुख कार्किले बताउनु भयो । पालिकाले नयाँ बिधीको सुरुवात गर्दा सुरु सुरुमा धेरै बिद्यालयका बिद्यार्थिहरु अनुतिर्ण हुने संख्या बढ्दो मात्रामा देखिए पनि पछील्लो समयका लागि सहयोग पुग्ने समेत शाखा प्रमुख कार्किले बताउनु भयो । ।
नगरपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन गर्न शैक्षिक गुणस्तर अभिबृद्धी गर्नका लागि पालिकाले नयाँ अभ्यासको सुरुवात गरेको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताउनु भयो । उनले भने हामीले यस बर्ष कक्षा ८ बाट सुरुवात गरेका छौ आगामी बर्षहरुमा अन्य कक्षामा पनि यस्तै बिधी प्रक्रिया अपनायर परिक्षा प्रणाली संचालन गर्नेछौ, शैक्षिक सत्र सुरुवात देखि नै शैक्षिक गुणस्तर अभिबृद्धी गर्न विभिन्न कार्यक्रमहरु संचालन गरीने समेत बताउनु भयो ।
बैशाख महिनामा नगरपालिकाभित्र रहेका शैक्षिक संस्थाहरुको अध्ययन गर्ने, अभिभावकहरु संग बृहत भेला, शिक्षकहरुलाई अभिमुखिकरण लगाएका विभिन्न कार्यक्रमहरु शैक्षिक सत्रको सुरुवात देखि नै संचालन गरिने कार्यक्रम रहेकोसमेत नगर प्रमुख बलायरले बताउनु भयो । अभिभावकहरुले आफ्ना छोराछोरीहरुहरुको पढाई प्रती ध्यान नदिनु, जनक शिक्षा सामाग्री केन्द्रले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्नु लगाएतका केही कारणहरुले पनि पछील्लो समयमा शैक्षिक गुणस्तर खस्कीने गरेको समेत नगर प्रमुख बलायरले बताउनु भयो ।
यहि चैत्र ५ गते देखि १३ गतेसम्म सञ्चालिन गरेको नगरस्तरीय आधारभूत तह स्तरीय परिक्षा अन्तरगत कक्षा ८ मा ७ सय ८९ जना बालबालिकाहरु सहभागि रहेका थिए । जस मध्य परिक्षाको सम्पूर्ण प्रक्रिया पश्चात ३ सय४१ जना ४३.२ प्रतिशत उत्तिर्ण भएका छन् । त्यस्तै २ सय ५४ जना ३२.२ प्रतिशत पुरक दिन पाउने भएका छन भने १सय ९४ जना २४.६ प्रतिशत अनुत्तीर्ण भएका शिक्षा शाखाले जनाएको छ ।
२८ वटा बिद्यालयका बिद्यार्थिहरुको सहभागि रहेको नगरस्तरीय कक्षा ८ को परिक्षामा केही बिद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर रहेको देखिएको छ । कमजोर बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पालिकाले शैक्षिक सत्रको शुरुवात देखि नै विभिन्न कार्यक्रमहरु संचालन गरिने जनाएको छ ।
कक्षा ८ को परिक्षालाई माध्यामीक शिक्षा परिक्षाको बिधी प्रक्रिया अनुसार जस्तै गरि परिक्षा संचालन गर्ने सुदुरको यो पहिलो पालिका रहेको छ ।
प्रतिक्रिया