किसोर किशोरीहरुलाई जिबन उपयोगि सिप तालिम

गणेश मौनी
२७ चैत २०७९ २:५४
किसोर किशोरीहरुलाई जिबन उपयोगि सिप तालिम

डोटी ।डोटीको पूर्बिचौकी गाउँपालिका वडा नम्बर ७ पोखरी र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडामा सामुदायीक बिद्यालयमा अध्ययनरत किसोर किशोरीहरुलाई जिवन उपयोगि सिप सम्बन्धी आघारभूत तालिम दिईएको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधीक सहयोग र सामुदायीक बिकास केन्द्र डोटीको आयोजनामा बालबालिबाहरुलाई जिवन उपयोगि सिप सम्बन्धी विभिन्न विषयमा जानकारी गराई दैनिक जिवनमा ब्यवहारमा कार्यान्वयन गर्न सहजताहोस भन्ने उद्देश्यले तालिमको आयोजना गरेको गुड नेवर्स ईन्टरनेशनल नेपालका बाल प्रायोजन सेवा तथा बाल संरक्षण सहायक छत्र बहादुर बडैलाले बताएका छन् ।
बालबालिकाहरुलाई हरेक तबरले कसरी लगनशिल, सभ्य, मेहनती र अनुशासीत बनाउन सकिन्छ भन्ने तालिमको मुख्य ध्यय हो । सोही अनुरुप बालबालिकाहरुलाई विभिन्न विषयमा जानकारी गराएको समेत बडैलाले बताए ।
दुई चरणमा छुट्टा छुट्टै रुपमा संचालन भएको तालिममा बालबालिकाहरुका लागि जिवन उपयोगि सिपको महत्व, जिवन र जिवन चक्र, भावना र तनाबको ब्यवस्थापन, समय ब्यवस्थापन, प्रभावकारी संचार, सकारात्मक सोचको बिकास र खुसीको अनुभुति र किशोरावस्था, यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा छलफल गरिएको थियो ।
दुई चरणमा संचालन भएको तालिमको जनप्रतिनिधीहरुले समापन गरेका थिए । तालिमको समापन गर्दै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दशरथ बलायरले तालिममा सिकेका कुराहरु विद्यार्थिहरुले ब्यवहारमा उतार्नु पर्ने बताएका थिए । बालबिबाह रोक्नका लागि किशोर किशोरीहरुको महत्वपूर्ण भूमिका हुने भएकोले यस विषयमा बालबालिकाहरुनै सचेत हुनुपर्ने समेत वडा अध्यक्ष बलाएरले बताए ।
तालिम गत मंगलबार र बुधबार लडागडामा र बुधबार र बिहीबार पोखरीमा संचालन भएको आयोजकले जनाएको छ । तालिममा दुबै स्थानमा गरि ५६ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण सामुदायीक बिकास केन्द्र डोटीका शिक्षा तथा संरक्षक अधिकृत एकराज बडुले र गुड नेवर्स ईन्टरनेशनल नेपालका बाल प्रायोजन सेवा तथा बाल संरक्षण सहायक छत्र बहादुर बडैलाले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *