केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस प्रमुखमा भण्डारी

गणेश मौनी
२५ चैत २०७९ १५:३५
केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस प्रमुखमा भण्डारी

 डोटी  । बडीकेदार गाउँपालिका वडा नम्बर १ बीपीनगरमा रहेको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको प्रमुखमा दिपक राज भण्डारी नियुक्त भएका छन् ।
क्याम्पस संचालन समितिको शनिबार बसेको बैठकको निर्णय अनुसार भण्डारीलाई क्याम्पस प्रमुखमा नियुक्त गरे संगै सहायक क्याम्पस प्रमुखमा रमेशराज भट्टलाई नियुक्त गरेका हुन् । दुबै जना क्याम्पसका उप प्राध्यापक हुन् ।
डोटीको दक्षिणी क्षेत्रमा रहेको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस २०५९ सालमा स्थापना भएको थियो । हाल क्याम्पससंग तिन सय जना बिद्यार्थिहरु रहेका छन् भने क्याम्पसमा डोटीको बडीकेदार, बोगटान फुड्सिल, जोरायल गाउँपालिका र कैलालीको चुरे, मोहन्याल लगाएतका विभिन्न स्थानबाट बिद्यार्थिहरु अध्ययन गरिरहेका क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुखको पदाबधी चार बर्षको हुने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *