डोटीमा २सय ५३ सिचाई योजना निर्माण हुदै

पाँजलो न्युज
२४ चैत २०७९ ५:४३
डोटीमा २सय ५३ सिचाई योजना निर्माण हुदै

दिपायल । डोटीमा चालु आर्थिक वर्षमा दुई सय ५३ वटा सिँचाइ आयोजना निर्माण हुने भएका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तरगत आयोजना निर्माणका लागि प्रदेश सरकारले ४० करोड ९८ लाख बजेट विनियोजन गरेको थियो ।

अघिल्लो आथिर्क वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मार्फत डोटीमा ३२ करोड १४ लाखको लागतमा सिँचाइ आयोजनाहरु निर्माण गरिएको थियो । चालु आर्थिक वर्षमा सिँचाइ तर्फ ४० करोड ९८ लाख बजेट व्यवस्थापन गरिएको छ। जस अन्तरगत २५३ वटा सिँचाइ आयोजना र १०७ वटा तटबन्धनका आयोजना निर्माण गर्ने लक्ष रहेको सिँचाइ विकास डिभिजन कार्यालय डोटीका सूचना अधिकृत मेखु अधिकारीले जानकारी दिए ।

उनका अनुसार यस आर्थिक वर्षको बजेटमा १० लाख देखि ३० लाख सम्मका आयोजनाहरु समेटिका छन्। खेतीयोग्य र उत्पादनशील जमिन रहेका क्षेत्रहरुमा आयोजनाहरु निर्माण हुँदै आएका छन् । विशेषतः धान, गहुँ उत्पादन हुने खेतका लागि बढी आयोजनाहरु माग हुँदै आएका छन्। आदर्श गाउँपालिका–५ मा गडखेत तलारा सिँचाइ आयोजना निर्माण गरिएको छ। दिपायल सिलगढी नगरपालिका–८ दाङमा बालखेत सलडा सिँचाइ आयोजना, जोराय गाउँपालिका–४ मा रावलगाउँ सिँचाइ आयोजना निर्माण गरिएको छ।

यी क्षेत्रहरुमा खेतीका लागि उपयुक्त ठूलठुला फाँटहरु छन्। एउटा आयोजनाले दुईसय देखि चार सय किसानहरुलाई राहत मिलेको सिँचाइ विकास डिभिजन कार्यालयको दाबी छ ।प्रदेश सरकार स्थापना भएदेखि हालसम्म वार्षिकरुपमा मर्मतसहित तीन सय देखि पाँच सय आयोजनाको काम हुने गरेको छ। सिँचाइ विकास डिभिजन कार्यालयमा प्रदेश सरकारको तुलनामा संघ सरकारको १० देखि १५ प्रतिशत मात्रै बजेट आउने गरेको छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले डोटीका लागि ४० करोड ९८ लाख २१ हजार ७२३ रुपैंया बजेट विनियोजन गरेको थियो भने संघ सरकारबाट ६ करोड १७ लाख बजेट मात्रै प्राप्त भएको थियो। आयोजनाहरुको सम्झौता भएर असार मसान्त भित्र निर्माण सम्पन्न हुने गरी काम भैरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिपायल डोटीले जनाएको छ। त्यसमध्य केही आयोजनाहरु क्रमागत भएकाले अर्को आर्थिक वर्षमा समेत निरन्तरता पाउने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *