बैतडी- बैतडीमा जिप दुर्घटनामा गरी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पञ्चेश्वर गाउापालिका ५ को तिलकपुर स्थित भिटा भन्ने स्थानमा गणमेश्वरबाट देहिमाण्डौतर्फ आइरहेको से १ ज २९५ नं को जिप दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्ट रहेका छन् ।
जिपमा सवार १२ जना रहेको र ११ जना घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए । उनिहरुको उद्धार कार्य चलीरहेको प्रहरीले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुखसहितको टोली घटनास्थलतर्फ गइरहेको छ ।
प्रतिक्रिया