डोटीकि एक पुर्ब उपाध्यक्ष धनगढीमा तरकारी बेच्दै

पाँजलो न्युज
१७ चैत २०७९ ७:३८
डोटीकि एक पुर्ब उपाध्यक्ष धनगढीमा तरकारी बेच्दै

दिपायल~ २०७४ को स्थानीय तहको निर्वाचनमा डोटीको बडीकेदार गाउँपालिकाको नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्ष थिइन् इन्द्रा बोहरा। पाँच वर्ष गाउँपालिकाको उपाध्यक्षको कार्यकाल सफलतापूर्वक सम्हालेको र कुनै विवादमा नपरेको बोहरा बताउँछिन्। तिनै बोहरा अहिले धनगढीको वनदेवी हाटबजारमा तरकारी बिक्री गर्दै आएकी छन्।

मासिक १ करोडको कारोबार
पहाडी क्षेत्रका किसानले बोहरालाई आफैं तरकारी पठाइदिने गरेका छन्। तौलेर गाडीमा पठाइदिने र किसानहरूलाई उचित मूल्य पनि दिने भएकाले कारोबार गर्न सहज भएको उनले बताइन्। ‘मैले उपाध्यक्ष हुँदा पनि धनगढी आउँदा तरकारी लिएर आउने गरेको थिए, उनले भनिन्, ‘अहिले त पूरै व्यापारमा फोकस भएर काम गरिरहेकाले व्यवसाय ठिकै छ। तरकारी र फलफूलको सिजनमा मासिक १ करोडको कारोबार हुने गरेको छ।’
काम गर्नुमै आनन्द लाग्छ
पाँच वर्ष जनप्रतिनिधि भएर पनि हाट बजारमा बसेर तरकारी बिक्री गर्दा अलि अफ्ठ्यारो लाग्दैन भन्ने प्रश्नमा बोहराले हाँस्दै कुनै समस्या नभएको जबाफ दिइन। उनले भनिन्, ‘गरेर खान पनि केको समस्या? मागेर अनि लुटेर खाए पो समस्या र लाज मान्नुपर्छ। मलाई दैनिक पसल खोल्नु र पहाडी क्षेत्रको ताजा तरकारी बिक्री गर्न पाउँदा निकै आनन्द लाग्छ।’
अब सक्रिय राजनीति नगर्ने
पूर्व उपाध्यक्ष बोहराका श्रीमान डोटीमै शिक्षण गर्छन्। उनी र दुई छोरा तारानगरमा रहेको आफ्नै घरमा बस्दै आएका छन्। जेठो छोराले भने समय मिलाएर व्यापारमा आमालाई  सहयोग गर्ने गरेका छन्। व्यापार गर्नमा निकै आनन्द भएकाले सक्रिय राजनीति गर्ने इच्छा लगभग त्यागेको बोहराले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *