डोटी ।डोटीको सिलगढीमा रहेको पुरानो शैक्षिक संस्था पबित्र आबासिय माध्यामीक बिद्यालयले नयाँ शैक्षिक सत्रबाट मल्टिमिडिया पद्तीबाट पठन पाठन गर्ने जनाएको छ ।
बिद्यालयले गत फागुन महिना देखि आधुनिक प्रबिधीको प्रयोग गरि अडियो र भिडियो मार्फत कक्षाहरु संचालन गरेको भएपनी नयाँ शैक्षिक सत्रबाट सबै कक्षाहरुमा पूर्ण रुपमा मल्टिमिडिया पद्तीबाट शिक्षण कार्य संचालन गर्ने भएको छ ।
बिद्यालयको शैक्षिक गुणस्तरका साथै भौतिक निमार्ण कार्यलाई पनि अघी बढाएको पबित्र आबासिय माध्यामीक बिद्यालयका प्रीन्सीपल बिनोद मीश्रले बताए । उनले भने हामी पूर्ण रुपमा नयाँ प्रबीधीको प्रयोग गरेर बिद्यार्थिहरुको शैक्षिक गुणस्तर अभिबृद्धी गरी नमुना बिद्यालयको रुपमा स्थापीत गराउने छौ । बिहीबार बिद्यालयले नयाँ शैक्षिक सत्रबाट संचालनमा ल्याउने गरि मल्टिमिडिया कक्षा संचालनको लागि तिन कोठे भवनको सुरुवात गरेको बिद्यालयले जनाएको छ ।
पछील्लो समयमा बिद्यालयले विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धी गर्नका लागि जिल्लाका सरोकारवाला निकाए, प्राध्यापक, अभिभावकहरु संग पटक पटक छलफल समेत गरेको थियो ।
२०४० सालमा स्थापना भएको पबित्र आबासीय माध्यामीक बिद्यालय संग आफ्नै खेलमैदान सहितको भवन, स्कुल बस, तालिम प्राप्त शिक्षकहरु रहेका छन् । पबित्र आबासीय बाट अध्ययन गरेका अधिकांश ब्यक्तीहरु डाक्टर, ईन्जीनीयर, कानुन बिद र सरकारी सेवाको उच्च पदमा पुगेका बिद्यालयले जनाएको छ ।
प्रतिक्रिया