दाचुर्ला ।दाचुर्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले सार्वजनिक सेवालाई चुस्त, दुरुस्त,सरल र सहज बनाउन प्रतिबद्ध रहेको बताएकी छन् ।
आज देखि दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेकी प्रजिअ जोशीले आफ्नो पहिलो प्राथमीकता नै आम नागरिकलाई सार्बजनिक सेवा प्रवाहमा सहजता ल्याई सेवालाई चुस्त, दुरुस्त सहज बनाउने रहेको बताएकी हुन् ।
सुदूरपश्मिबाट पहिलो महिला सिडिओ बन्न सफल भई आफ्नै क्षेत्रमा सेवा गर्न आउन पाउदाँ आफु भाग्यमानी भएको बताईन् । उनले भनिन् मेरो प्रमुख प्राथमीकता नै सेवालाई नागरिकमैत्री गुणस्तरीय बनाउनु हो । अन्य जिल्लाका समसामयीक सवालहरुमा जिल्लाका सरोकारवाला निकाएहरु संग समन्वय सहकार्य गरेर अघाडी बढ्ने समेत प्रजिअ जोशीले बताईन् ।
सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी जोशी २०६१ सालमा खरिदारबाट निजामती सेवा प्रवेश गरेकी थिईन् पहिलो पोस्टिङ जिल्ला शिक्षा कार्यालय बैतडीमा भएको थियो । जोशीले २०६२ सालमा नायब सुब्बा, २०६७ सालमा अधिकृत र २०७७ सालमा उपसचिवमा नाम नाम निकालेकी थिइन् ।
गृह मन्त्रालयको २०७९ चैत्र ९ गतेको निर्णय अनुसार उनलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको हो ।
प्रतिक्रिया