धनगढी ३ मा दैनिक जसो बाघ देखिदै , सुरक्षित रहन आह्वन

पाँजलो न्युज
१० चैत २०७९ ७:२७
धनगढी ३ मा दैनिक जसो बाघ देखिदै , सुरक्षित रहन आह्वन

धनगढी। धनगढीमा बाघ देखिएको छ। धनगढी उपमहानगरपालीका ३ मा बच्चासहित दिनहुँ जस्को बाघ देखिएन थालेका हुन् । केही दिन यता सो क्षेत्रमा बाघ देखि देखीन थालेको धनगढी वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताएका छन्। बुधबार राती ९ः३० वजे देखि झन्डै ११ वजेसम्म मोहना लालझाडी क्षेत्रको मोहना नदि किनार, भन्सार,मसान टोल क्षेत्रमा बाघ कराउदै गरेको स्थानियवासिहरुले बताएका थिए।

बाघ कराउँदै गरेको स्थानियवासिले सुनेपश्चात् सुरक्षाकर्मीलाई खवर गरेको र असुरक्षित महसुस गर्दै आगो बालेर धपाएका थिए। यस्तै आज (शुक्रबार) बिहान ५ बजेको समयमा धनगढी वडा नम्बर ३ स्थित प्रस्तावित बसपार्क पछाडि बच्चासहितको बाघ हिडडुल गर्दै र कराउँदै गरेको अवस्थामा देखिएको वडा अध्यक्ष राजबहादुर ऐरले बताए। साथै उनले दैनिक जसो बाघ देखिएकाले नदिकिनार तथा वन जंगल जादा सुरक्षित रहन अनुरोध गरेका छन्। नदिकिनार तथा वन जंगल तर्फ प्रवेश गर्दा सचेत रहन भनेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *