डोटी ।डोटी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगितको बिषयलाई लिएर नेपाल बिद्यार्थि संघ डोटीले डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीयो)कल्पना श्रेष्ठ, प्रहरी प्रमुख (एस पी) राजेन्द्र प्रसाद घमलालाई कारबाहीको माग सहित क्याम्पस प्रमुखको राजिनामा समेत माग गरेको छ ।
नेपाल बिद्यार्थी संघले एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा बिप्लब समुह निकट बिद्यार्थी संगठन अनेरास्वबियु (क्रान्तिकारी) का बिद्यार्थीहरुले मतपेटीका तोडफोट गर्दा समेत निर्वाचनमा सुरक्षा दिन नसकेको र सुरक्षाकर्मी मुखदर्शक भएर बसेकाले निर्वाचन स्थगित हुनमा सुरक्षा प्रशासनको समेत मिलेमतो रहेको जनाएको छ ।
प्रेस विज्ञप्ति मार्फत मतपेटीका तोडफोड गर्ने अराजक व्यक्तिलाई कार्वाही हुनुपर्ने, निर्वाचन अधिकृतले सबै बिद्यार्थी संगठनलाई बोलाएर छलफल गरी भोलिनै केही घण्टा भित्रै निर्वाचनको समय तोकि मतदान गर्ने व्यवस्था गरिनुपर्ने, क्याम्पस प्रमुखले तत्काल राजिनामा दिनुपर्ने माग बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल बिद्यार्थि संघले उठाएका मागहरु यथासक्य सम्बोधन नभए क्याम्पस प्रशासना लगाएको ताला समेत नखोल्ने र थप आन्दोलनका कार्यक्रम जारी राख्ने नेपाल बिद्यार्थि संघ डोटीका अध्यक्ष दिपेन्द्र सिहंले बताए ।
प्रतिक्रिया