डोटी ।
मंगलबार डोटीमा जिप र मोटरसाईकल एक आपसमा ठोकीदा भएको दुर्घटनाका घाईतेलाई नेपाली सेनाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ ।
जिल्ला सुरक्षा समिति डोटीको समन्वय तथा पहल नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलीकप्टरबाट घाईतेको उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो ।
डोटी सिलगढीमा भएको दुर्घटनामा परि ६ जना घाईते भएका थिए । सो मध्य गम्भीर अवस्थाका दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की वर्ष ६५ की धौली देबी बीस्ट र दिपायल सिलगढी नगरपािलका वडा नम्बर ६ का वर्ष ३२ का बिष्णु बोहरालाई नेपालगञ्ज मेडिकल कलेजको लागि रिफर गरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक देबेन्द्र राज जोशीले बताएका छन् । नेपाली सेनाको एन ए ०६१ नम्बरको हेलीकप्टर मार्फत उद्धार गरिएको थियो ।
सिलगढी बाट दिपायल जादै गरेको गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र बिपरीत दिशाबाट आईरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकीएर मंगलबार बिहान दुघटना भएको थियो ।
प्रतिक्रिया