डोटीमा “बाहिनीपति ट्रफी–२०७९” फुटवल प्रतियोगिताको उद्घाटन

गणेश मौनी
३० फागुन २०७९ १:२८
डोटीमा “बाहिनीपति ट्रफी–२०७९” फुटवल प्रतियोगिताको उद्घाटन

 डोटी ।डोटीमा “बाहिनीपति ट्रफी–२०७९” फुटवल प्रतियोगिताको एक कार्यक्रमका बिच सोमबार खप्तड रंगशाला राजपुरमा उद्घाटन गरिएको छ ।
श्री नं. ५ बाहिनी अड्डा राजपुर डोटीको आयोजनामा बाहिनीपति ट्रफि २०७९ फुटबल प्रतियोगिताको बाहिनीपति सहायक रथी श्री दिपेश जंग शाहले उद्घाटन गरेका हुन् ।
२०७९ साल चैत्र महिनामा सुदूर पश्चिम पृतना हेड क्वाटर तेघरी कैलालीमा संचालन हुने “पृतनापति ट्रफी–२०७९“ मा सहभागिता हुन बाहिनीपति ट्रफि २०७९ फुटबल प्रतियोगिताको आयोजना गरिएको भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत बहादुर कार्किले बताउनु भयो ।
चैत्र ३ गतेसम्म संचालन हुने बाहिनीपति ट्रफि २०७९ फुटबल प्रतियोगितामा श्री नं ५ बाहिनी अड्डा अन्तरगत रहेका ३ वटा गण भवानीबक्स गण अछाम, भैरव प्रसाद गण डोटी र श्री देवीदल गण कैलालीको सहभागिता रहेको समेत प्रमुख सेनानी कार्किले बताउनुभयो ।
सोमबार उद्घाटन सत्र लगतै भैरव प्रसाद गण डोटी र श्री भवानीबक्स गण अछाम विच खेल भएको थियो जसमा भैरव प्रसाद गण शुन्यका विरुद्ध तीन गोलले विजय भएको थियो ।
पहिले खेलमा भैरव प्रसाद गणलाई जित हात पार्न भैरब प्रसाद गणका सिपाही धुर्व भण्डारीले–१ गोल, सिपाही खेम राज शर्माले–१ गोल र सिपाही भुपेन्द्र रानाले–१ गोल गरेका थिए । खेलको अन्तिम सयमा श्री भवानीबक्स गण अछामले पेनाल्टी पाएपनि गोल गर्न असफल रहेको थियो।
मंगलबार भैरव प्रसाद गण डोटी र देवीदल गण कैलाली बिच खेल हुने आयोजकले जनाएको छ । खेल ३ बजे संचालन हुनेछ ।
कार्यक्रमको उद्घाटन सत्रमा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्की, जनप्रतिनिधीहरु, ब्यापारी, समाजसेबी, पत्रकार,बिद्यार्थि, स्थानिय लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *