कैलाली र कञ्चनपुरमा भोली सार्बजनिक बिदा

गणेश मौनी
२९ फागुन २०७९ २:३२
कैलाली र कञ्चनपुरमा भोली सार्बजनिक बिदा

डोटी ।रानाथारू समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो ।
यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले मिति संशोधन गरि फागुन ३० गते बिदा दिने निर्णय गरेको जनाएको छ ।
कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारू समुदायले खखडेहरा पर्बलाई धुमधामका साथ मनाउने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *