डोटी ।आगामी चैत्र ५ गते हुन गईरहेको स्वतन्त्र बिद्यार्थि युनियनको निर्बाचनको लागि डोटीका विभिन्न क्याम्पसहरुमा पाचँ बिद्यार्थि संगठनहरुले मनोनयन दर्ता गराएका छन् ।
त्रिभुवन विश्वबिद्यालय स्वतन्त्र बिद्यार्थि युनियन निर्वाचन कार्यतालिका अनुसार त्रिभुवन विश्वबिद्यालयको आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसहरुमा शनिबार २ बजे सम्म मनोनय दर्ता गराई ५ बजे भित्र उम्मेदवारको नामावली प्रकाशित गर्नुपर्ने ब्यवस्था रहेको थियो ।
सोही अनुरुप डोटीमा विभिन्न संगठनहरुले विभिन्न बहुमुखि क्याम्पसहरुमा आफ्नो मनोनयन दर्ता गरेका छन् ।
जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित डोटी बहुमुखि क्याम्पसमा सभापति पदको लागि तिन जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थि संघले जेनिस बोहराको नेतृत्वमा मनोनयन दर्ता गराएको छ । त्यस्तै नेकपा ऐमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन र माओबादी केन्द्र निकट अखिल कान्तिकारीले संयुक्त रुपमा गठबन्धन गरि अनेरास्वबियुका साझा उम्मेदवार लक्ष्मण बोहरा को नेतृत्वमा मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै नेपाल कमनिष्ट पार्टि निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन (कान्तिकारी) र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौले संयुक्त रुपमा गठबन्धन गरि साझा उम्मेदवारको रुपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन (कान्तिकारी)का टेकेन्द्र बोगटीको नेतृत्वमा मनोनयन दर्ता गरेका हुन् ।
त्यस्तै बडीकेदार गाउँपालिका अन्तरगत रहेको केदार ज्योतीपुञ्ज बहुमुखि क्याम्पस बिपीनगरमा नेपाल बिद्यार्थि संघले निमर्ल बोहराको नेतृत्वमा मनोनयन दर्ता गरेको छ । त्यस्तै नेकपा ऐमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन र माओबादी केन्द्र निकट अखिल कान्तिकारीले संयुक्त रुपमा गठबन्धन गरि अखिल कान्तिकारीका साझा उम्मेदवार सुरेन्द्र साउदको नेतृत्वमा मनोनयन दर्ता गराएका छन् । सो क्याम्पसमा अन्य संगठनले भने मनोनयन दर्ता नगरेको केदार ज्योतीपुञ्ज बहुमुखि क्याम्पस बिपीनगरले जनाएको छ ।
त्यस्तै दिपायलमा रहेको दिपायल बहुमुखि क्याम्पसमा पनि कुनै बिद्यार्थि संगठनले मनोनयन दर्ता गराएको छैन् । स्वबीयु निर्बाचनका लागि नेपाल बिद्यार्थि संघ र अखिल कान्तिकारीले संगठन दर्ता गराएको भएपनी निर्वाचनमा सहभागि हुन कुनै पनि संगठनले मनोनयन दर्ता नगरेको दिपायल क्याम्पसका प्राध्यापक शुक्लानन्द झाले बताए ।
त्यस्तै डोटीको आदर्श गाउँपालिकामा रहेको खप्तड आदर्श बहुमुखि क्याम्पसमा पनि शनिबार सम्म कुनै बिद्यार्थि संगठनले मनोनयन गर्दा गराएको छैन् । बिद्यार्थि संगठनहरु बिचको आपसी बिबादका कारण कुनै पनि संगठनले मनोनयन दर्ता नगरेको क्याम्पस प्रमुख मोहन रौतेडाले बताए । आईतबार तिनै बिद्यार्थि संगठनहरु बिच संयुक्त बैठक बसी छलफल गरिने बताए ।
सुदूरपश्चिम विश्वबिद्यालय अन्तरगतका क्याम्पसहरुमा चैत्र ८ गते निर्बाचनको मिति तोकिएको छ । सो अन्तरगतका क्याम्पसहरुका लागि निर्बाचनमा भाग लिन बिद्यार्थि संगठनहरु छलफल गरिरहेका छन् ।
प्रतिक्रिया