दिपायलमा आगलागिबाट एक होटलमा क्षती (भिडियाे सहित)

पाँजलो न्युज
२६ फागुन २०७९ १४:५०
दिपायलमा आगलागिबाट एक होटलमा क्षती (भिडियाे सहित)

डोटी– दिपायल पिपल्ला बजारस्थित एक होटलमा आगलागि भएको छ । शुक्रबार साँझ ७ बजे चाउमिन पकाउने क्रममा ग्यास लिक भएपछि आगो फैलीएको अनुमान स्थानीयको छ । मनकामना होटलको भान्सा तथा काउन्टरमा रहेका पुरै सामान जलेर नष्ट भएका छन् । होटलसंगै जोडिएको गिताञ्जली सुनचाँदी पसलमा पनि आगोले छोएको थियो । समयमै आगो नियन्त्रणका लागि स्थानीय खटिएपछि थप क्षती हुनबाट बचेको छ । क्षतीको यथार्त बिबरण भने आएको छैन ।

होटलको पक्की भवन अगाढी टिनले जोडेर बनाइएको भान्सा र काउन्टरमा क्षती पुगेको उद्धारमा खटिएका स्थानीय लोकराज पाठकले बताए ।
हरेक बर्ष दिपायल पिपल्ला बजारमा आगलागिका घटना हुँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *