अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्व:गणेश बहादुर केसीको स्मृतिमा छात्रवृत्ति कम्प्युटर तालिम सञ्चालन

सरिता कठायत
२५ फागुन २०७९ १२:३०
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्व:गणेश बहादुर केसीको स्मृतिमा छात्रवृत्ति कम्प्युटर तालिम सञ्चालन

डोटी / डोटी जिल्लाको डोटी बहुमुखी क्याम्पस र पद्म पब्लिक मुक्तिनारायण माध्यमिक बिधालयमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्व: गणेश बहादुर केसीको स्मृतिमा छात्राहरूका लागि छात्रवृत्ति कम्प्युटर तालिम सञ्चालन गरिएको छ । पछिल्लो समयमा कम्प्युटर मानव जीवनकाे अभिन्न अंग बन्दै गएकोले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर स्व: बुवाको स्मृतिमा छात्राहरूका लागि छात्रवृत्ति कम्प्युटर तालिम सञ्चालन गरेको बैभव कम्प्युटर एजुकेशनका सञ्चालक विक्रम केसीले बताएका छन्  । दैनिकी जीवन होस् वा पेसागत जीवनलाई सहज र सक्रिय बनाउनका लागि कम्प्युटर अनिवार्य भएको केसीका श्रीमती गोमती श्रेष्ठले बताइन् । उनले आफू र आफ्नो श्रीमानले अध्ययन गरेको बिधालयमा छात्राहरूको प्राविधिक क्षेत्रमा अगाडि बढ्न सहज पुगोस् भन्ने हेतुले ससुरा बुवाको स्मृतिमा छात्राहरूलाई कम्प्युटर  सम्बन्धि तालिम दिने श्रेष्ठले जानकारी गराइन् । वि. सं. २०७४ सालबाट सञ्चालनमा ल्याएको र नयाँ पुस्ताहरूलाई कम्प्युटरमा आधारभूत तथा डिप्लोमा तालिम प्रदान गर्दै दक्ष प्राविधिकमा जनशक्ति उत्पादन बैभव कम्प्युटर एजुकेशनले गर्दै आइरहेको छ । डोटी बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकाय स्नातक तह प्रथम वर्षमा सर्वोक्तम अकं प्राप्त गर्ने एकजना र पपमाविमा कक्षा ११ मा अध्यनरत छात्राले सर्वोत्तम अंक प्राप्त गर्ने १/१ जना गरि जम्मा दुई जनालाई छात्रवृत्ति कम्प्युटर तालिम दिइने छ । हालसालमा २ जनालाई तालिम दिइने निर्णय भएको र पछि भने छात्रवृत्तिबाट कम्प्युटरमा  छात्राहरूको संख्यालाई बढाउँदै लैजाने जानकारी गराएका छन्  । छात्रवृत्ति कम्प्युटर तालिमको उद्देश्यहरु देहाय बमोजिम हुनेछ :
(क) क्याम्पसको शैक्षिक गुणरस्तर अभिवृद्धि गर्न टेवा पुर्‍याउने ।
(ख) विद्यार्थीहरुलाई कम्प्युटर शिक्षाका लागी अभिप्रेरित गर्ने ।
(ग) सर्वोत्तम अंक प्राप्त गर्ने जेहन्दार छात्रा विद्यार्थीलाई तालिम प्रदान गर्ने ।
(घ) विद्यार्थीहरुको बिच स्वच्छ शैक्षिक प्रतिस्प्रधा बढाउने ।
(ङ) पिछडीएको समुदायलाई शिक्षाको मूलधारमा समाहित गर्ने ।
(च) समाजसेवामा संलग्न रहन आम जन समुदायलाई अभिप्रेरित गर्ने ।
(छ) क्याम्पसप्रति आम अभिभावकज्यूहरुको रुचि बढाउने तथा ध्यान आर्कषण गराउने ।
(ज) शिक्षामा लैङ्गिक समानता कायम गर्ने ।
(झ) क्याम्पस र समुदायबिचको सम्बन्धलाई जिवन्त तथा प्रगाढ बनाउने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *