डोटी / डोटी जिल्लामा तेह्रौं राष्ट्रपति रनिङ शिल्डमा प्रथम दिपायल सिलगढी नगरपालिका भएको छ । स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने नाराका साथ जोरायलको बुडरमा राष्ट्रपति रनिङ शिल्ड सोमबार समापन भएको थियो । फागुन १३ गतेदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १५ गतेसम्म सञ्चालन भएको हो । २ नगरपालिका र ७ गाउँपालिका गरि ९ वटा स्थानीय तहहरूको सहभागिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रहेको थियोे । खेलकुदमा उत्कृष्ट खेलाडीहरूलाई छनोट गर्नुपर्ने हुन्छ सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंले बताएका छन् । उनले खेलकुदको विकासमा वृद्धि गर्न ठुलो भुमिका स्थानीय सरकारको हुन्छ समापन समारोहमा बोल्दै सिंहले बताएका छन् । दिपायल सिलगढी नगरपालिकाले स्वर्ण १६, रजक ११,कास्य १० गरि जम्मा ३७ पदक पाएर प्रथम भएको हो
। द्वितीय जोरायल गाउँपालिका स्वर्ण ८ रजक ९ कास्य ९ गरि जम्मा २६ लिएर दोस्रो स्थान पाएकाे हो
। तृतीय शिखर नगरपालिका स्वर्ण ५ रजक ७ कास्य ५ गरि जम्मा १७ पदकले तृतीय स्थान हासिल गरेको थियोे
। त्यसैगरी आदर्श गापाले स्वर्ण ४, रजक २, कास्य ५ गरि जम्मा ११ पदक पुर्वीचौकी गापाले स्वर्ण २, रजक ३,कास्य ५ गरि जम्मा १० पदक पाएको थियो भने बडीकेदार गापाले संवर ३,रतज ३, कास्य १ गरि जम्मा ७ पदक प्राप्त बोगटान गापाले संवरण २, रतज २, कास्य १ गरि जम्मा ५ पदक प्राप्त केआईसिहं गापाले स्वर्ण २, रजक २, जम्मा ४ पदक प्राप्त त्यसैगरी सायल गापाले रजक १, कास्य ३ गरि जम्मा ४ पदक प्राप्त गरेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख हर्क बहादुर बोगटीले जानकारी गराएका थिए । दिपायल सिलगढी नगरपालिकाले तेस्रोपटक शिल्ड प्राप्त गरेको उपलक्ष्यमा खेलाडीहरूलाई नगरमा बाजागाजा,खादा,अबिरले स्वागत गरेको थियो
।
प्रतिक्रिया