स्थापना दिवसको अवसरमा सैनिक प्रदर्शनी अवलोकन

माेहन पनेरु
१३ फागुन २०७९ १०:१९
स्थापना दिवसको अवसरमा सैनिक प्रदर्शनी अवलोकन

धनगढी । सुदूरपश्चिम पृतना हेडक्वाटरले नेपाली सेनाको २६० औं स्थापना दिवसको अवसरमा बोराडाँडी ब्यारेकमा दुई दिनको लागी सैनिक प्रदर्शनी अवलोकन तथा युनिटी रन कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रि अर्थात् सेना दिवसको दिन सैनिक मञ्चमा विभिन्न सैनिक कवाज, युद्ध कौशल देखाउँदै आएकोमा यस वर्षबाट सुदुरपश्चिममा पनि सैनिक प्रदर्शनी गर्न थालिएको हो ।

उक्त कार्यक्रममा सैनिक प्रदर्शनि अवलोकनका साथ साथै सर्बसाधारण तथा इच्छुक खेलाडीहरुका लागी युनिटी रनको आयोजना समेत गरिएको थियो , जस्मा खेल क्षेत्रमा रहेका खेलाडीहरु तथा इच्छुक सर्बसाधारण मानिसहरुको मनोबल तथा आत्माविश्वासको कदर गदै महिला तथा पुरुष दुबैको लागी ५ किमी दौड १० किमी दौड तथा २१ कीमी दौड राखिएको थियो ।

उक्त युनिटी रनका लागी महिला पुरुष दुबै गरेर ११५२ जनाले सहभागीता जनाएका थिए भने खुल्ला महिला तर्फ ५ किमी दौडमा ए पि यफकी सिमा चौधरीले १८ मिनेट २० सेकेनमा पार गदै प्रथम स्थान हासिल गरेकी हुन र खुल्ला तर्फकी सुसिला महतले १९ मि.२५ से मा पार गदै दृतिय स्थान हासिल गरेकी छन भने खुल्ला तर्फकै नौसरी साउदले १९मि.३८ सेमा दुरी पार गर्दैे तृतिय स्थान हासिल गरेकी हुन ।

त्यसै गरि खुल्ला पुरुष तर्फको ५ किमी दौडमा प्रकाश ऐरीले १६ मि १० सेमा दुरी पारगदै प्रथम भएका छन भने १६ मि ५८ से मा बुद्धि मल्लले द्धितिय स्थान हासिल गरेका छन भने १७ मि ०१ से मा दुरी पार गर्दै महेन्द्र नाथले तितृय स्थान हासिल गर्न सफल भएका हुन ।

बिद्यार्थी तफर्मा त्रिनगर मावि धनगढीकी छात्रा वर्षा पण्डितले २२ मि १९ मा दुरी पार गर्दै प्रथम स्थान हासिल गरेकी छिन तेसैगरि २२मि ३३ से मा सरस्वती मावि कैलालीकी छात्रा नतासा विष्ट द्धितिय स्थान हासिल गरेकी हुन भने त्रिनगर माविकी खिमा कु बमले २३ मि २० से मा दुरी पार गर्दै तितृय स्थान हासिल गर्न सफल भएकी हुन भने छात्र तर्फका विद्यार्थीमा धर्म जनतामाविका छात्र नविन बोहराले १७ मि ०५ से मा दुरी पार गर्दै प्रथम स्थान हासलि गरेका छन , एरिष्टोका छात्र उमेश मगरले १७ मि ३३ सेमा दुरी पार गर्दै द्धितिय स्थान हासिल गर्न सफल भएका छन भने १७ मि ४० सेमा दुरी पार गर्दै सैनिक आवसिय महाविद्यालयका विरेन्द्र वि केले तितृय स्थान गरेका हुन ।

त्यसै गरि १० किमी दौड तर्फ दिनेश बोगटीले ३२मि ३४ सेमा दुरी पार गदै प्रथम स्थान हासिल गरेका छन भने आर्मी तर्फका सिपाही करण बोहराले ३३मि ३० सेमा दुरी पार गर्दैे द्धितिय स्थान हासिल गरेका हुन र आर्मी तर्फकै सिपाही रामसिंह पालले ३४ मि ४० सेमा दुरी पार गर्दै तितृय स्थान हासिल गर्न सफल भएका हुन ।

२१ किमि दौडतर्फ नेपाली सेनाका शुसिल कुमार शाहीले १ घण्टा ६ मि २६ सेमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरेका हुन भने १ घण्टा ७ मि २१ सेमा दुरी पार गर्दै नेपाली सेनाका दुरा खगेन्द्र बहादुर भाटले द्धितिय स्थान र १ घण्टा ९ मि २६ सेमा दुरी पार गर्दै सस्त्र प्रहरीका जवान शन्तोस विक्रम विष्टले तितृय स्थान हासिल गर्न सफल भएका छन ।

आज बिहान बोराडाडी ब्यारेक बाट सुरु भएको उक्त दौड प्रतियोगिता राजपुर गेटा चोक तथा अत्तरीया चोक हुदै बोराडाडी ब्यारेकमै समापन गरिएको हो । दौडमा सहभागी भएका प्रथम द्धितिय तितृय स्थान हासिल गर्ने खेलाडीहरुलाई नगद पुरुष्कार सहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *