धनगढीः कञ्चनपुरको दैजी–छेलामा औद्योगिक क्षेत्र निर्माणको चर्चा सुरु भएको पाँच दशकभन्दा बढी समय भइसकेको छ। वन क्षेत्र रहेको सो क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि नेताहरुले आश्वासन, प्रतिबद्धता जनाउँदै पटकपटक निर्वाचित पनि भइसकेका छन्।
तर नेताहरुले दिएका आश्वासन र प्रतिबद्धताअनुसार काम भने हुन सकेको छैन्। औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास भएको दुई वर्षपछि सोमबार साइनबोर्ड राखेर सम्पर्क कार्यालय स्थापना गरिएको छ। दैजी–छेलामा हरित औद्योगिक क्षेत्रको परिकल्पना गरिएको छ। तर निर्माण सम्पन्न हुने अन्तिम मितिको भने कुनै टुंगो छैन्।
सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्पर्क कार्यालयका उद्घाटन गरेका हुन्। उनले कार्यालय स्थापनासँंगै औद्योगिक क्षेत्रको कामले पनि गति लिने दोहो¥याए। ‘औद्योगिक क्षेत्रको कामलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ,’ मन्त्री भण्डारीले भने, ‘औद्योगिकीकरणको विकास सरकारको प्राथमिकतामा छ।’
प्रतिक्रिया