बैतडीमा मृत भेटिएका युवकको खल्तीमा भेटियो प्रहरीलाई दिन लेखिएको निवेदन

पाँजलो न्युज
२१ माघ २०७९ ६:५२
बैतडीमा मृत भेटिएका युवकको खल्तीमा भेटियो प्रहरीलाई दिन लेखिएको निवेदन

(डोटी) –बैतडीमा मृत फेला परेका डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का पदमराज अवस्थीको खल्तीमा निवेदन भेटिएको छ । पाटन नगरपालिका ६ गबरजलढ्वानी भीरमा मृत फेला परेका अवस्थीको खल्तीमा प्रहरीलाई दिनका लागि तयार पारिएको निवेदन भेटिएको हो ।

निवेदनमा आफूले होटलमा काम गरेको पैसा नपाएको र सो पैसा प्राप्तिका लागि सहयोग गरिदिनुपर्ने आसय उल्लेख गरिएको श्रोतले जनाएको छ । बिहीबार मृत फेला परेका अवस्थीको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले घटनाको अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएका छन् । मृतक अवस्थीले लकडाउन भन्दा अगाडि पाटनस्थित अवस्थी होटलमा काम गरेको खुलेको छ ।

मृतकका आफन्त थानेश्वरप्रसाद अवस्थीले पदमराज अवस्थी मृत्युप्रकरणको अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको बताए । उनले पदमराजको मृत्यु नभइ मारेर फालेको हुन सक्ने आशंका समेत व्यक्त गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले मृतक पदमराजको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको र भोलि पोष्टमार्टम गरिने बताए । पोष्टमार्टम रिपोटपछि मात्रै थप कुरा खुल्ने उनले बताए । मृतकका आफन्तका तर्फबाट घटनाको अनुसन्धानका लागि प्रहरीमा निवेदनमा आएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *