डोटीमा बालकहरुलाई बाँसका मुढा बनाउने सिप सिकाईदै

गणेश मौनी
१८ माघ २०७९ १५:५०
डोटीमा बालकहरुलाई बाँसका मुढा बनाउने सिप सिकाईदै

डोटी,बाल सुधार गृह डोटीमा रहेका बालकहरुलाई मुढा बनाउने सिप सिकाउन सुरु गरिएकोे छ ।
घरेलु तथा साना उद्योग कार्यालय राजपुर डोटीले बाल सुधार गृहमा रहेका बालकहरुको लागि एक महिने बाँसका मुढा बनाउने सिप बिकास तालिम बुधबार देखि सुरु गरेको हो ।
बाल सुधार गृहमा रहेका बालकहरुलाई विभिन्न प्रकारका सिपहरु सिकाउन आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । तालिमको सुरुवाती सत्रमा बालकहरुलाई इंकित गर्दै प्रजिअ श्रेष्ठले भनीन् तपाईहरु सबैले केही न केही नयाँ प्राबिधीक सिप सिक्नु पर्छ तब मात्र आत्म निर्भर बन्न सकिन्छ, तलिम अबधीभरमा राम्रो संग सिक्नुका साथै भविश्यमा ब्यवसायीक रुपमा अगाडी बढ्नु पर्ने समेत बताईन् ।
बालसुधार गृहमा रहेका बालकहरुलाई समय समयमा मनोबिर्मशकर्ताले परामर्श गर्नुका साथै विभिन्न विषय बस्तुको बारेमा जानकारी गराउदै आईरहेका समेत प्रजिअ श्रेष्ठले बताईन् ।
बाँसको मुढा बनाउने तालिम सहज र फाईदामुलक भएकोले तालिमबाट राम्रो संग सिकेर ब्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको घरेलु तथा साना उद्योग कार्यालय राजपुर डोटीका प्रमुख दिपेन्द्र शाहले बताए । बालकहरुले नयाँ सिप सिक्ने चाहाना राखेको अवस्थामा आवश्यकता अनुसार सहयोग गर्न सकिने समेत प्रमुख शाहले बताए ।
आर्थिक वर्ष २०७९।८० को बार्षिक कार्यक्रम अन्तरगत बाँसका मुढा बनाउने तालिमको आयोजना गरेको घरेलु तथा साना उद्योग कार्यालय राजपुर डोटीका उद्यम बिकास सहजकर्ता एवं सुचना अधिकारी चन्दसिंह धामीले बताए । उनले भने तालिमका लागि आवश्यक पर्ने प्रशिक्षक सहित अन्य सामाग्रि बास, रसी, साईकलका टायर र आवश्यक औजारहरु कार्यालयले उपलब्ध गराउने बताए ।
एक महिना सम्म संचालन हुने तालिममा १२ जना बालकहरुको सहभागिता रहनेछ । तालिममा सहभागिहरुलाई प्रमाण पत्र र औजारहरु पनि उपलब्ध गराईने समेत सुचना अधिकारी धामीले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय राजपुरले गत आर्थिक वर्षमा पनि बाल सुधार गृहमा रहेकाबालकहरु मध्य १२ जनालाई हाउस वाईरिङको तालिम उपलब्ध गराएको थियो ।
डोटी जिल्लामा रहको बाल सुधार गृह सुदुरपश्चिम प्रदेश भरीको एक मात्र हो ।बालसुधार गृहमा हाल प्रदेश नम्बर ५ र ७ का विभिन्न जिल्लाका ३९ जना बालकहरु रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *