डोटी । कार्पेट तथा रङरोगन पूरानो भएको भन्दै सुदूरपश्चिम प्रदेशसभाका सभामुख सरकारी निवास(क्वार्टर)मा बस्न मानेका छैनन ।
प्रदेशसभाले मंगलबार नेकपा माओवादी भीमबहादुर भण्डारीलाई सभामुख चयन गरेको थियो । सभामुख चयनपछि प्रदेशसभा नजिकै रहेको प्रदेश स्वास्थ्य तालिम केन्द्रमा अवस्थित क्वार्टर नियाल्न गएका सभामुख भण्डारी त्यहाँ नबसी फर्किएका हुन् ।
‘कार्पेट तथा रङरोगन फेर्न भन्दै सभामुख क्वार्टरमा बस्न मान्नुभएन,’ प्रदेशसभा सचिवालयका एक सदस्यले भने, ‘समान खरिदका लागि प्रदेशसरकारसँग बजेट माग गरेका छौं । बजेट आउने वित्तिकै उहाँहरुलाई क्वार्टरमा फर्काइनेछ ।’
यस्तै मंगलबार नै उपसभामुखमा चयन भएकी नेकपा ( एमाले) कि कोइली चौधरी पनि सरकारी निवास सरेकी छैनन । उनले पनि कार्पेट, किचेन र रङरोगन फेर्नुपर्ने निर्देशन सचिवालयलाई दिएकी छिन् ।
क्वार्टर तयार नभएकाले सभामुख हाल भाडाकै घरमा बसिरहेका छन् भने उपसभामुख आफै घरमा बसेकी छिन् ।
सचिवालयका सुचनाअधिकारी युवराज जैशीले यसैहप्ता दुबैजनालाई क्वार्टरमा बसाईसक्ने तयारी रहेको बताए ।
‘हामीले बजेट माग गरेका छौं । बजेट आउने वित्तिकै यसैहप्ता उहाँहरुलाई क्वार्टरमा बसाई सकिनेछन्,’ जैशीले भने ।
प्रतिक्रिया