जन्म दिनको अवसरमा फलफुल र आर्थीक सहयोग

कृष्ण मलासी
३ माघ २०७९ १५:४८
जन्म दिनको अवसरमा फलफुल र आर्थीक सहयोग

डोटी । दिपायल सिलगढी नगरपालिका वडा नम्वर २ का अध्यक्ष राजेन्द्र खड्काले  जन्म दिन जिल्ला अस्पताल  डोटी र सुजङ्ग अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेर मनाएका छन् । साथै जन्मदिनकाे अवसर पारेर उनले विभिन्न ब्यक्तिहरूलाई वडा कार्यालयको तर्फबाट आर्थिक सहयोग गरेका छन् ।

कोरोना महामारीका समयमा आफै गाडी चलाएर कोरोना संक्रमितलाई अस्पताल पुर्याउने कार्य देखि वडाबासीलाई सहज सेवा दिन विभिन्न रचनात्मक कार्य गर्दै आएका वडाध्यक्ष खड्का पछिल्लो समय सामाजिक कार्यमा सक्रिय छन् ।

खड्काले  मंगलबार फलफूल वितरण गर्नुका साथै वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई एक जोड न्यानो लुगा उपलब्ध गराएका छन् । जन्मदिनकै अवसर पारेर उनले वडाका विभिन्न व्यक्ति तथा संस्थालाई राहत एवं आर्थिक सहायता शीर्षक बाट ५५ हजार नगद आर्थिक सहयोग गरेका छन् ।

उच्च रक्तचापका कारण ज्यान गुमाएका दिपायल सिलगढी नगरपालिका ४ का वडा सदस्य श्याम कठायतको परिवारलाई क्रियाखर्च वाफत २५ हजार , उपचारमा क्रममा निधन भएका दिपायल सिलगढी नगरपालिका २ का बालक अन्सु कठायतको परिवारलाई २० हजार र दिपायल सिलगढी नगरपालिका ५ का राजु देवी लुहरको उपचारका लागि १० हजार आर्थिक सहयोग गरेको उनले बताए ।

जन्मदिनको अवसर पारेर हुने खर्च कटौती गरेर सामाजिक कार्यमा लगाएको अध्यक्ष खड्काले बताए । यही अवसरमा वडा बाट छुट्याएको रकमको सदुपयोग गर्दै दुःखी पीडितलाई सहयोग गर्ने अवसर पनि मिलेको खड्काले वताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *