सुदुर पश्चिमेलि नेपाली समाज-भारत द्वारा भुकम्प पीडित लाई न्यानो कपडा सहयोग

कृष्ण मलासी
२० पुष २०७९ १४:०७
सुदुर पश्चिमेलि नेपाली समाज-भारत द्वारा भुकम्प पीडित लाई न्यानो कपडा सहयोग

डोटी,सामाजिक संस्था सुदुर पश्चिमेलि नेपाली समाज-भारत द्वारा भुकम्प पीडित लाई न्यानो कपडा सहयोग गरेको छ।बुधबार सामाजिक संस्था सुदुर पश्चिमेलि नेपाली समाज-भारतसंग आबद्ध साथीहरूले संकलन गरेको करिब ५३ हजार ६सय ५०नेपाली रुपैयाँ बराबरको रकमबाट १६ पिस कम्बल १६ पिस बिछ्यौना र १६ पिस न्यानो सल हस्तान्तरण गरिएको हो । भुकम्पले घरबार बिहिन भएका भुकम्प पिडित लाई चिसोको बेला चिसो बाट वचन र चिसो छ्ल्न उक्त सहयोग गरेको नेपाल चेम्बर अफ कमर्स का प्रदेश सदस्य तेजबहादुर डुम्रेलले बताउनुभयो । उक्त राहत पुर्वीचाैकि गाउँपालीका उपाध्यक्ष पशुपति खड्का र वडा न:- ५ का वडा अध्यक्ष निर्मल साउद बाट पीडित हरुलाइ हस्तान्तरण गरिएको हो ।  प्रवासी मनहरुले आफुले खाने खाजालाइ थाती राखेर जम्मा गरेको रकमले उक्त पीडितहरुको घाउमा मलम लगाउने प्रयास गरेको संस्थाका अध्यक्ष दिपक प्रकाश मल्लले बताए ।
विभिन्न सहयोग तथा मानव सेवा गर्ने पवित्र उदेश्यले स्थापना भएको सुदुर पश्चिमेलि नेपाली समाज-भारत परिवारले विभिन्न परिस्थितिमा राहत संकलन गरि नेपाल पठाएर वितरण गर्दै आइ रहेको छ ।
यस अघि सायल गाउँ पालिका र आदर्श गाउँ पालिका बाढीपीडितहरुलाई पनि सहयोग गरेको सुदुर पश्चिमेलि नेपाली समाज-भारत संस्था का अध्यक्ष दिपक प्रकाश मल्लले बताउनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *