सुदूरपश्चिमको जलविद्युतमा निजी क्षेत्रको अहिलेसम्मकै ठुलो लगानी
पाँजलो न्युज
१५ माघ २०७९ ६:३५
डोटी –सुदूरपश्चिमा निर्माणाधिन तीन ठुला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। निजी क्षेत्रको लगानीमा पहाडी जिल्ला बझाङमा निर्माणाधिन आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो।
बझाङको बुंगल नगरपालिकाभित्र कांलगा नदीमा निजी क्षेत्रको लगानीमा तीन आयोजनाको निर्माण भइरहेको छ। ६५ मेगावाट विद्युत उत्पादन क्षमताका तीन आयोजनाको निर्माण सन २०१७ बाट सुरु भएको थियो। ३८ दशमलव ४६ मेगावाट विद्यूत उत्पादन क्षमताको माथिल्लो कांलगा जलविद्युत आयोजनाको निर्माण सान्नीगाड हाइड्रो पावर लिमिटेड, १५ दशमलव ३३ मेगावाट विद्युत उत्पादन क्षमताको कांलगागाड जलविद्यूत आयोजनाको निर्माण कांलगा हाइड्रो पावर लिमिटेड र १० दशमलव ७० मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो सान्नीगाड जलविद्युत आयोजनाको निर्माण बुंगल हाइड्रो पावर लिमिटेडले गर्दै आएको छ।
प्रतिक्रिया