एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिमको राजनीतिमा तरङ्ग
पाँजलो न्युज
१२ पुष २०७९ ७:०३
दिपायल :केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि २७ सांसद आवश्यक पर्नेमा आइतबार भएको नयाँ सत्ता समीकरणअनुसार २९ सांसद छन्। नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकार गठनका लागि भने निर्णायक देखिएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा नयाँ समीकरणले नयाँ सरकार सहज बन्ने देखिएको छ। सरकार गठनका लागि २७ सांसद चाहिनेमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्रबाट १ सांसद छन्। नयाँ समीकरणअनुसार सुदूरपश्चिममा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरी २९ हुन्छ। यही अंक गणितका आधारमा नयाँ सरकार बन्ने देखिएको हो।
प्रतिक्रिया