सेतीमा दुई अर्ब लगानी गरेर सुविधासम्पन्न भवन निर्माण गर्ने तयारी

पाँजलो न्युज
३ पुष २०७९ ८:०९
सेतीमा दुई अर्ब लगानी गरेर सुविधासम्पन्न भवन निर्माण गर्ने तयारी

धनगढीः सेती प्रादेशिक अस्पतालले टिनको छानो रहेको भवनबाट प्रसूति, प्रयोगशाला लगायतका सेवा उपलब्ध गराउँदै आएको छ। अस्पतालको पूर्वतिर रहेको पुराना भवन जिर्ण छन्। तत्कालिन जिल्ला अस्पतालदेखिका भवनहरुबाट स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल परिसरभित्र नयाँ भवन निर्माणको प्रक्रिया थालेको जनाएको छ। सामाजिक विकास मन्त्रालयले नयाँ भवन निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार पारेको भएपनि स्वीकृत हुन बाँकी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *