धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी

पाँजलो न्युज
२७ मंसिर २०७९ ८:२३
धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी
धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। संयुक्त विद्यार्थी संगठनहरुले क्याम्पसमा ताला लगाएका हुन्। नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लागायतका संगठनहरुले विद्यार्थी शूल्क वृद्धि फिर्ता लिन माग गर्दै ताला लगाएका हुन्।उनीहरुले क्याम्पस प्रशासनविरुद्ध नाराबाजीसहित प्रशासन, क्याम्पस प्रमुखको कार्य कक्षमा ताला लगाएका थिए। ‘प्रशासनले एकतर्फी ढङ्गले विना सुचना, विना तथ्य, शूल्क वृद्धिगरि लागु समेत गरि शुल्क असुल गरेको एक्लौटी निर्णयको खारेजीको माग गर्दै यथाशिघ्र उक्त वृद्धि भएको शुल्क खारेजीको जोडदार माग गर्दछौ’ विज्ञप्तिमा भनिएको छ।यस्तै ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले क्याम्पसले ३ वर्षपछि बढेको शूल्कको विषयमा आपत्ती जनाउनु नियमसंगत नभएको दाबी गरेका छन्। कलेजभित्र राजनीति गर्नु, ताला लगाउनु र होहल्ला गर्नु उचित नभएको भट्टले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *