धनगढीः धनगढी उपमहानगरपालिकाले प्रसुति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। ‘आमा बचाउ’ अभियान अन्तर्गत उपमहानगरपालिकाले प्रसुति सेवाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको हो। आमा र शिशुको जीवन रक्षाका लागि ‘आमा बचाउ’ कार्यक्रम पहिलो पटक उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको छ। ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले धनगढीबाट ‘आमा बचाउ’ अभियान कार्यक्रम सुरु गरेको नगरप्रमुख गोपाल हमालले बताए। ‘प्रसूति सेवाका लागि अस्पतालसम्म निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ। हाल यसका लागि दुईवटा एम्बुलेन्सको व्यवस्था गरिएको छ। ती एम्बुलेन्स प्रसुति महिलाका लागि मात्र प्रयोग हुनेछन्। अन्य विरामीका लागि उपलब्ध एम्बुलेन्स प्रयोग हुने छैनन्।’
प्रतिक्रिया