दिपायलमा सुबिधासम्पन्न खेलमैदान निर्माण हुँदै

पाँजलो न्युज
२१ मंसिर २०७९ २:०५
दिपायलमा सुबिधासम्पन्न खेलमैदान निर्माण हुँदै

सिलगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमध्यकै ठुलो खेल मैदान निर्माणको तयारी डोटीमा सुरु भएको छ । दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाको वडा नं ३ स्थित दिल्पेश्वर मठको जमिन भाडामा लिएर खेलमैदान निर्माणको काम अगाडि बढाएको नगरप्रमुख बाजी सिं खड्काले जानकारी दिएका छन् ।
३० रोपनी क्षेत्रफलमा फैलिएको उक्त गुठी जमिनमा खेलमैदानको काम नगरपालिकाले आन्तरिक बजेटबाट खर्च हुने गरेर काम सुरु गरेको छ । विस्तारै सरकारका अन्य निकायहरुसँग समन्वय गरेर सुविधासम्पन्न खेलमैदान निर्माण गरिने नगरप्रमुख खड्काले बताए ।
३० रोपनी क्षेत्रफलमा निर्माण भैरहेको यो खेलमैदान सुदूरपश्चिम प्रदेशलाई लक्षित गरेर सुविधा सम्पन्न बनाउने नगर प्रमुख खड्काले बताए । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा प्रदेश तथा राष्ट्रिय स्तरका खेलहरु खेलाउन मैदान निर्माण भएका छैनन्,“नगरप्रमुख खड्काले भने,“हामीले पूर्ण खेलमैदान बनाउने उद्येश्यले नगरको बजेटबाट काम अगाडि बढाएका छौं । सरकारका अन्य निकायहरुसँग पनि समन्वय गरेर ठुलो सुविधा सम्पन्न खेलमैदान बनाउने उद्येश्य सहित अगाडि बढेका छौं ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *