डोटी । दिपायल नजिकै चिसापानीमा कर्ण मलासिले कृषि खेती र बाख्रा पालन गर्दै आएका छन ।ओभरसियर पढेर दिपायल सिलगढी नगरपालिकामा जागिर गर्दै आएका मलासीले कृषि लाई निकै जोड दिएका छ्न । बिगत एक दशक देखि उनलेे क्षेत्रीय सदरमुकाम दिपायल बाट दुई कि.मि अगाडि सिलगढी जाने बाटो मा करिब ६ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी तरकारी खेती गर्दै आएका छन । उनले तरकारी मात्रै होईन विभिन्न जातका बोका, बाख्रा,खसी, पनि पालेका छन । मलासिको तरकारी खेतीले पछिल्लो समय चिसापानी को मुहारनै फेरिन थालेको छ । उनले तरकारी खेती सङसंङ्गै विभिन्न किसिमका बेर्ना हरु उत्पादन गरेर पनि बेच्ने गरेको पाइन्छ । मलासिले उक्त ६ रोपनी जमिनमा काउली,बन्दा,टमाटर,भाजी,पालङ्गो,रायो,मुला, प्याज, आलु जस्ता बिभिन्न किसिमका तरकारीखेती गरेर उदाहरणिय काम देखाएका छन् ।
मलासीले तरकारी खेती गरेपछि उक्त जमिन अहिले हरीयाली भएको स्थानीय रबि श्रेष्ठले बताए । उनले भने ‘पहिला यो जमिन मा धान र गहुँ गरि बार्सिक दुई खेती देख्न पाइन्थ्यो अहिले जुनसुकै महिनामा पनि हरियाली र मनोमहक देख्दा आफू निकै खुशी भएको बताए । अहिले मलासी को बारीमा तरकारी किन्नेहरुको भिड लाग्ने गरेको पाइन्छ । परिश्रम गरे माटोमा पनि हिरा फल्छ भन्ने उदाहरण दिएका कर्णको करेसा बारि देख्दा अहिले उनका छिमेकी सबैले तरकारी खेतिलाइ निकै जोड दिएको देखिन्छ ।
बजार ब्यबस्थापन को लागि बाहिर बाट आउने तरकारी लाई बढी जोड दिने र स्थानीय तरकारीको खासै प्राथमिकता नदिएको उहाँको गुनासो छ। सोही तरकारी खेती बाट उनले आफ्ना एक छोरा र दुई छोरी लाई उच्च शिक्षा समेत हासिल गराएका छन । कृषि पेसामा आफुलाई निकै रुचिरहेको बताउदै उनले भने ‘मैलै जागीर भन्दा बढी आम्दानी कृषि बाट गरेकोछु मेरो लागी मनोरञ्जन र ब्यायम गर्ने ठाउ नै यहि करेसा वारि हो।
मलासी भन्छन् अरु स्वास्थ्य को लागि एक्ससाइज गर्न यहीँ बाटो आउछन् तर म यहीँ बारीमा एक्ससाइज गर्ने गर्दछु ।बर्षेनी रोजगारीका लागि भारत तथा अन्य देश पस्दै आएका डोटेलीहरुलाई काम गर्न सके घरमै पैसा भएको उदाहरण समेत उनको तरकारी खेती तथा बाख्रा पालनले दिएको छ । कामका लागि मलेसिया,कतार तथा साउँदी अरबमा जानै नपर्ने खाडी जानू भन्दा झाडी मै करोडौं फल्ने उनले बताए । मलासी भन्छन “अब कृषिलाई पर्यटनसङ्ग जोडनु पर्दछ । छोटो समय तथा कम लगानीमा गाउँघरमा बसेर सहज तरिकाले गर्न सकिने राम्रो आम्दानी र आर्थिक रूपान्तरणको माध्यम हो “कृषि–पर्यटन ।,कृषि–पर्यटनको विकासले युवाशक्ति विदेशिनबाट धेरै हदसम्म रोक्छ ।
प्रतिक्रिया