चेतन हत्याप्रकरण : बाजुराका एक वडाअध्यक्ष प्रक्राउ

पाँजलो न्युज
१५ मंसिर २०७९ ९:०९

डोटी ।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या आरोपमा उनी पक्राउ परेका हुन्। चेतनका आफन्तले हत्यामा संलग्न भएको आरोप लगाउदै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख सूर्य थापाले चेतन मृत्यु प्ररकरणमा किटानी जाहेरी आएपछि वडा अध्यक्षलाई प्रक्राउ गरेको वताए। उक्त घटनाको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताएका छन्।नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोग लागेका वडाध्यक्ष जुद्ध एक महिना पहिला मात्र धरौटीमा छुटेका थिए। जिल्ला अदालत बाजुराले उनलाई एक लाख धरौटीमा छोडेको हो। उनीसँगै अन्य तीन जनाले एक लाख धरौटी बुझाएका थिए। जिल्लाको त्रिवेणी नगरपालिकाको नाटेश्वरी मन्दिरमा दलितमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुरामा तीन जना विरुद्ध मुद्दा तलाएको प्रहरीले बताएको छ। त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारमाथि कुटपिट गरिएको प्रहरीले बताएको छ। उनी नेपाली काँग्रेसबाट विजयी वडाध्यक्ष हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *