सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

पाँजलो न्युज
१४ मंसिर २०७९ ८:५५
सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

बडीकेदार  उच्च रक्तश्रापका कारण ज्यान जोखिममा रहेकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना केदारेस्वरकी २७ बर्षिया अमृता देबी बोहराको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य भिम बहादुर बोहराले जानकारी दिए ।
सोमबार साझ देखि सुत्केरी ब्यथा लागेकी बोहराले बच्चा जन्माउन नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना लगिएको थियो ।
उच्च रत्तश्राव हुनथालेपछि नेपाली सेनाको एन एकल साइन ०४५ नम्बरको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरूलाई विभिन्न समयमा हेलिकप्टर मार्फत उद्धार गर्ने गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *