डोटीको गैरागाउँका भुकम्प पीडितहरुलाई राहात बितरण

पाँजलो न्युज
२५ कार्तिक २०७९ १३:१५
डोटीको गैरागाउँका भुकम्प पीडितहरुलाई राहात बितरण

डोटीको गैरागाउँका भुकम्प पीडितहरुलाई सम बिकास केन्द्र डोटीले राहात सामग्री बितरण गरेको छ ।कात्तिक २३ गते गएको भुकम्पबाट प्रभावित पूर्बिचौकी गाउँ पालिका वडा नंं ३ गैरागाउँका ३० परिवारलाई बिहिबार राहात सामग्री वितरण गरिएको सम बिकास केन्द्र डोटीका कार्यक्रम सँयोजक नरेन्द्र बिकले जानकारी दिनु भयो ।
कार्यक्रम सँयोजक बिकका अनुसार सम विकास केन्द्र नेपाल, डोटी र एक्सन एड नेपाल वीचको साझेदारीमा संचालित स्थानिय अधिकार कार्यक्रम अन्तरगत प्रति परिवार २ थानका दरले ६० थान ब्लाँकेट, प्रति परिवार ४ मिटरका दरले १ सय २० मिटर पिफर्म गरि जम्मा १ लाख ७४ हजार बराबरको सामग्रीहरु पीडित परिवारलाई बितरण गरिएको हो ।
पूर्बिचौकी गाउँ पालिकासँगको समन्वयमा पहिलो चरणमा आपतकालिन सहयोग सामग्री उपलब्ध गराईएको र दोश्रो चरणमा थप राहात सामग्री उपलब्ध गराईने सब बिकास केन्द्र डोटीले जनाएको छ ।
राहात सामग्री बितरण कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकाएका प्रतिनिधिहरु, सम विकास केन्द्र नेपालको तर्फबाट अध्यक्ष अधिराज वि.सि. र साझेदार संस्था एक्सन एड नेपालका कार्यक्रम अधिकृत प्रेम बहादुर चौधरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *