डोटी ।डोटीमा भूकम्पमा परि घाईते भएका दुई जनालाई जिल्ला अस्पताल डोटीले धनगढी रेफर गरेको छ। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी रेफर गरिएको हो।
पूर्वीचौकी गाउँपालिका–३ की डाँडागाउँकी ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रेफर गरिएको जिल्ला अस्पतालका डा. प्रकाश ठकुल्लाले जानकारी दिए।
डा. श्रेष्ठका अनुसार चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ। उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो। घाँटीका हड्डी भाँचिएकोले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा श्रेष्ठ बताउँछन् ।
यस्तै बिष्नाको हात भाँचिएको छ। अन्य घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको डोटी अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए।






प्रतिक्रिया