
असोज,२ डोटी । आइतवार सिलगढिको टुडिखेलबाट आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक ¥याली निकाली बाजागाजा सहित नगर परिक्रमा गरिएको थियो । उक्त ¥याली दिपायल सिलगढी नगरपालिकाको सभाहलमा पुगि औपचारिक रूपमा कार्यक्रममा भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाको अध्यक्षतामा भएको हो। कार्यक्रममा जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला न्ययाधिवक्ता नरेन्द्र देबकोटा, जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, शिक्षक, बिद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया