
काठमाडौँ — आसिफ शेखको सतकसँगै नेपालले केन्याविरुद्ध पहिलो ‘वान डे’ मा ७ विकेटको जित हासिल गरेको छ । केन्याको नैरोबीमा शुक्रबार भएको खेलमा आसिफले १ सय ८ रन बनाएपछि केन्याले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य नेपालले १६ ओभर बाँकी हुँदै पूरा गरेको थियो ।
पहिलो विकेटका लागि आसिफले अर्जुन साउदसँग मिलेर १ सय ४१ रनको साझेदारी गरेका थिए । साउद ३२ औं ओभरमा ६१ रन बनाउँदै आउट भए ।
त्यसैगरी ज्ञानेद्र मल्ल २४ रन बनाएर आउट भए । निर्धारित ५० ओभरको खेलमा १६ बल बाँकी हुँदै नेपालले २२१ रन बनाएर खेल जितेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट १५ र रोहित पौडेलले नटआउट ३ रन बनाएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४९ ओभरको पहिलो बल अलआउट हुँदै २ सय १८ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी र करन केसीले ३/३ विकेट लिएका थिए ।
त्यसैगरी पवन सर्राफ र मोहम्मद आदिल अलामले १/१ विकेट लिए । केन्याका २ खेलाडी रन आउट भएका थिए । केन्याका लागि रकेप पटेलले ६७ रन बनाए । उनलाई आदिलले आउट गरेका थिए ।
प्रतिक्रिया