महिला दिसिनपा, भैरब प्रसाद गण र डाेटी क्याम्पस सेमिफाइनल प्रबेश

उपमेयर तिज खेल तथा भलिबल प्रतियाेगिता

Paajalo News
९ भदौ २०७९ ७:४५

भदाैं ९ गते , दिपायल । सिलगढीमा जारी उपमेयर कप महिला भलिबल प्रतियोगिता अन्तरगत आज भएकाे पहिलाे खेलमा दिपायल सिलगढी नगरपालिकाले जीतेकाे छ । केआईसिंह गाउँपालिकासंग भएकाे पहिलाे खेलमा दिपायल सिलगढी बिजयी भएकाे हाे । दिपायल सिलगढीले  २५-१९ र २५-१५ काे साेझाे सेटले जितेकाे हाे ।
त्यसैगरि दाेस्राे खेलमा भैरब प्रसाद गणले उद्योग बाणिज्य संघकाे टिमलाई पराजित गरेकाे छ । भैरबले २५-२३ र २५-१० काे साेझाे सेटले जितेकाे हाे ।
आजै भएकाे तेस्राे खेलमा डाेटी बहुमुखी क्याम्पसले नेपाल प्रहरीकाे टिमलाई पराजित गरेकाे छ । क्याम्पसले २५-१७ र २५-१० ले जितेकाे छ ।
भलिबल प्रतियाेगितामा ८ टिमले सहभागिता जनाएका छन् । तिजकाे अवसर पारेर दिपायल सिलगढी नगरपालिका, भैरब प्रसाद गण र त्रिवेणी एफएमकाे संयुक्त आयाेजनामा विभिन्न ४ बिधामा खेलकुद प्रतियाेगिता आयाेजना गरिएकाे छ । बुधबार महिला प्रतियोगिता आयाेजना गरिएकाे थियाे । जसमा दिपायल सिलगढी नगरपालिका प्रथम र केआईसिंह गाउँपालिका दाेस्राे भएकाे थियाे ।
भलिबल खेल सम्पन्न भएपछि फुटबल र देउडा प्रतियाेगिता आयाेजना गरिने भैरब प्रसाद गणका गणपति जनमत कार्कीले जानकारी दिएका छन् । साे संग २ हजार महिलालाई शुक्रबार सिलगढी र शनिवार दिपायलमा दर खुवाउने समेत याेजना रहेकाे आयाेजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *