रसुवा बाढीपीडितका लागि जोधपुरमा ३५ हजार ७ सय ५१ रुपैयाँ राहत संकलन

पाँजलो न्युज
१८ भदौ २०८३ ११:१८
रसुवा बाढीपीडितका लागि जोधपुरमा ३५ हजार ७ सय ५१ रुपैयाँ राहत संकलन

डोटी — रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राजस्थानको जोधपुरमा रहेका नेपालीहरूले राहत संकलन गरेका छन्।
राजस्थानको जोधपुरलाई कर्मथलो बनाएर बसेका नेपालीहरूकाे उपस्थितिमा बुधबार विशेष श्रद्धाञ्जली सभा तथा राहत संकलन कार्यक्रम आयोजना गरिएको डाेटी शिखर नगरपालिकामा घर भई जाेधपुरमा कार्यरत गणेश बाेगटीले जानकारी दिए । कार्यक्रममा रसुवा बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो।
विपद्मा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीबाट स्वस्फूर्त रूपमा राहत रकम संकलन गरिएको आयोजकले जनाएको छ। जोधपुरमा रहेका नेपालीहरूको भेला र सुदूरपश्चिमेली नेपाली समाज राजस्थान, जोधपुरको संयुक्त प्रयासमा कुल ३५ हजार ७ सय ५१ रुपैयाँ संकलन भएको हो।
संकलित रकममध्ये सुदूरपश्चिमेली नेपाली समाज राजस्थान, जोधपुरबाट १० हजार २ सय १ रुपैयाँ र भेलामा सहभागी दाजुभाइहरूबाट २५ हजार ५ सय ५० रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।
श्रद्धाञ्जली तथा राहत संकलन कार्यक्रममा लालबहादुर नेपाली, गणेश बोगटी, दिलीप नागरी, खगेन्द्र खड्का, राम साउद बजाल, डम्बर महारा, अमर महारा, कृष्ण बलायर, तेजबहादुर बलायर, इन्द्र बलायर, पदम नागरी, कैलाश खड्का, गणेश खड्का, मानबहादुर खड्कालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *