डाेटी- डोटीको केआई सिंह र आदर्श गाउँपालिकाले विद्यालय भर्ना र पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।
आदर्श गाउँपालिकाले बैशाख १३ गते र के आईसिंह गाउँपालिकाले बैशाख १५ गते देखि पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो ।
दुवै पालिकाले सवै बिधालयहरूलाई परिपत्र गर्दै भर्नाअभियान अघि बढाउन निर्देशन दिएका छन ।
विद्यमान पाठ्यक्रम अनुसारको विद्यालयमा पठनपाठन हुने दिन नपुग्ने एवम् पठनपाठनको कार्यघण्टा नपुगेको कारणले विद्यार्थीहरुको अध्ययन अध्यापनमा असर पर्ने भएको हुँदा विद्यालय भर्ना र पठनपाठन सुचारुका लागि पहिले अनुसार सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ।
दुबै पालिकाले केन्द्रको निर्णय ब्यवहारी नभएको भन्दै शैक्षिक संस्थाहरु आइतबार देखि विहिवारसम्म पुरा दिन र शुक्रबार आधादिन सञ्चालन गर्ने निर्णय गरेको समेत पत्रमा उल्लेख गरेको छ।
यद्यपि कतिपय शिक्षक एवम प्रधानाध्यापकहरूले भने पालिकाकाे निर्णय स्विकार भएपनि पालिकाका प्रशासनिक कार्यहरू पनि आईतवार खुला हुनु पर्ने माग राखेका छन ।






प्रतिक्रिया