माघ २७ गते बाट केआइसिंहमा एचपिभि खोप अभियान

पाँजलो न्युज
२१ माघ २०८२ ८:२७
माघ २७ गते बाट केआइसिंहमा एचपिभि खोप अभियान

डोटी– केआईसिंह गाउँपालिकाले पाठेघरको मुखको क्यान्सर बिरूद्वको एच.पि.भि खोप अभियान आउदो माघ २७ गतेवाट सुरू गर्ने भएको छ ।

बिद्यालय केन्द्रित संचालन हुन लागेको अभियानमा १० देखि १४ बर्ष उमेरसम्मका २ सय ८९ छात्राहरूलाई  एच.पि.भि खोप लगाउने रणनीति रहेको स्वास्थ्य शाखा प्रमुख नविन माझिले जानकारी दिए ।

माझिका अनुसार वडा न. १ मा ३४, २ मा ४३, ३ मा ५६, ४ मा ४८, ५ मा ४६, ६ मा ५७ र ७ मा ५ तथा विद्यालय बाहिर रेहका २५ गरि २८९ बालिकाहरुलाई खोप लगाईने छ ।

१८ विधालय र २५ वटा खोपकेन्द्र र केआइसिंहमा रहेका ७ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा खोप लगाउने रणनिति गाउँपालिकाको रहेको छ ।

खोप अभियानलाइ सफल पार्न जनप्रतिनिधी देखि आम नागरिक सम्मले सचेतनाका कार्यक्रम मार्फत सहयोग गरिदिन केआइसिंह गापा अध्यक्ष लोकेन्द्र बहादुर शाहीले अपिल गरेका छन । स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउनमा केआइसिंह सफल भएकोमा प्रशंसा गर्दै अध्यक्ष शाहीले स्वास्थ्यकर्मीहरुको अथक मेहनत र लगनशिलताले सम्भव भएको टिप्पणी गरे ।

माघ २७ गतेदेखि फागुन १ गतेसम्म विधालयमा १ स्वास्थ्यकर्मी तथा स्वयमसेविकालाई खटाईने योजना रहेको माझिले बताए । उनले अभियान सफल पार्न सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको बताए ।

आइतबार केआइसिंह गाउँपालिकाले वायलमा पाठेघरको मुखको  क्यान्सर बिरूद्वको नियमित एच.पि.भि. खोप अभियान अन्तरगत पालिकास्तरिय खोप समन्वय समितिको अभिमुखिकरण वायलमा सम्पन्न गरेको थियो ।

नेपाल सरकारकाे उच्च प्राथमिकतामा रहेको खोप कार्यक्रमवारे अभिमुखिकरणमा जानकारी गराइएको थियो । अभियान सफल पार्न माघ २५ गतेसम्म वडास्तरीय अन्तरकृया कार्यक्रम समेत आयोजना गरिने बताइएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *