करेन्ट लाग्दा बडीकेदारमा ७ बाख्रा मरे

पाँजलाे संवाददाता
२२ असार २०८२ १५:१२
करेन्ट लाग्दा बडीकेदारमा ७ बाख्रा मरे

(डोटी)  – बडीकेदार गाउँपालिका वडा नम्बर ३ जैसीबाजमा बिजुलीकाे करेन्ट लागेर ७ बाख्रा मरेका छन् ।

जङ्गलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासि जमिनमा करेन्ट प्रवाह भई स्थानीय भीम बहादुर साउँद र भगिराम साउँदका बाख्राको घटनास्थल मै मृत्यू  भएकाे स्थानीयले वताएका छन् ।

घटनावारे विस्तृत जानकारी भने प्रहरीकाे अनुसन्धान पछि मात्र थाहा हुने खड्याैली प्रहरी चाैकीले जनाएकाे छ ।

तार लत्रने, रूखका पातहरूमा झांगिने तथा पाेलहरू ढलेका कारण वर्षाको समयमा बिद्युत प्रवाह भईरहेकाले त्यसबारे सराेकारवालाले विस्तृत रुपमा चेकजाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।

केही समय अगाढी वडा नम्बर ४ मान्नाकापडीमा यसै गरि करेन्ट लागेर  मृत्यु भएको थियो ।

उनले यस्तै  लापरवाही भए मानवीय क्षती समेत हुनसक्ने भएकाले सराेकारावालाले गम्भिरतापूर्वक  परीक्षण गर्न आवश्यक रहको समेत बताए ।

स्राेतका अनुसार भने कमसल सामाग्रीकाे प्रयाेग एवम निर्माण व्यवसायीकाे गुणस्तरहीन कामका कारण अनावश्यक  विधुत प्रवाह भई निर्दाेष पशुपंक्षि एवम मानिसहरूलाई करेन्ट लाग्ने गरेकाेे छ । स्थानीय बासिन्दाले घटनाकाे सत्यतथ्य छानविन भई दाेषिलाई कार्वाही हुनुुपर्ने माग राखेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *