डोटी,डोटीको दिपायल सिलगढी नगरपालिकाको सिलगढी बजारमा अलपत्र अवस्थामा रहनुभएकी शिखर नगरपालिका वडा नम्बर १० बानेडुग्रीसैन घर भए कि दुर्गा देवी बलायरको शिखर नगरपालिका कि उप प्रमुख सुनिता रावल जोराले आइतबार उद्धार गरेको छ । बलायर एक हप्ता देखि जिल्ला को सदरमुकाम सिलगढी बजारमा अलपत्र अवस्थामा रहनुभएको थियो ।
मानसिक रोगको औषधी सेवन गरिरहनुभएकी उहाँ के कति कारणले यस्तो अवस्थामा पुग्नुभयो भन्ने खुलेको छैन । बलायर सिलगढी रहेको खबर पाएपछि शिखर नगरपालिकाका उपप्रमुख सुनिता रावल जोरा उद्धारको लागि सिलगढी पुग्नुभएको हो । उहाँको स्वास्थ्य जाँच गरेर आफन्तको जिम्मा लगाउने उपप्रमुख रावलले बताउनुभयो ।
प्रतिक्रिया