डाेटीमा कांग्रेसका भरत बहादुर खड्का बिजयी

पाँजलो न्युज
२३ फागुन २०८२ ६:०२
डाेटीमा कांग्रेसका भरत बहादुर खड्का बिजयी

डाेटी-  डोटीमा कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार उहाँले १४ हजार ७३८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका दीपक धामीले १३ हजार ८४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रास्वपाका नरेन्द्र बहादुर खड्काले १३ हजार ९९ मत प्राप्त गर्नुभएको छ ।

अर्का प्रतिद्वन्दी नेकपाका उम्मेदवार त्रिलोचन भट्ट ५ हजार ३०६ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित रहनु भयो । भट्ट सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री हुनुहुन्छ भने विजयी उम्मेदवार खड्का उहाँकै पालामा निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।

खड्का समानुपातिकबाट संविधान सभा सदस्य समेत रहनु भएको थियो ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार पार्टीका केन्द्रीय महासचिव मणिराज भट्ट ‘मनोज” ले ४१३ मत मात्रै प्राप्त गर्नु भयो ।

त्यस्तै राप्रपाका उम्मेदवार खडक अग्रवालले ५९१ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार प्रकाश कठायतले ३८५ मत प्राप्त गर्नु भयो ।

नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खगेन्द्र बहादुर शाहीले ३१ मत प्राप्त गर्दा, मितेरी पार्टी नेपालका उम्मेदवार सरस्वती कुमारी पाल (मल्ल) ले ४२ मत मात्रै प्राप्त गर्नु भयो ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा ९ जनाको उम्मेदवारी परेको थियो ।

एक लाख २८ हजार ३९९ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ४८५ जना ले मतदान गर्नु भएको थियो । जुन कुल मतदाता संख्याको ४०.८८ प्रतिशत मात्रै हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा २ हजार ९२० मत बदर भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *