चुनावी प्रचारमा एक उम्मेदवारले बढीमा दुई सवारी मात्र प्रयोग गर्न पाउने

पाँजलो न्युज
१४ पुष २०८२ ८:०२
चुनावी प्रचारमा एक उम्मेदवारले बढीमा दुई सवारी मात्र प्रयोग गर्न पाउने

काठमाडौँ: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा उम्मेदवारले चुनावी प्रचार–प्रसारमा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आचारसंहिता, २०८२ अनुसार तोकिएको संख्याभन्दा बढी सवारी प्रयोग गरे कारबाही हुने व्यवस्था गरिएको छ।

स्वीकृत आचारसंहिताअनुसार निर्वाचन अधिकृतको अनुमति लिएर उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्र वा उम्मेदवारी दिएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय वा यान्त्रिक सवारी साधन प्रयोग गर्न सक्नेछन्। सवारी साधन सञ्चालन गर्न नसकिने स्थानमा भने बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।

यस्तै, राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिले चुनावी प्रचारमा प्रयोग गर्ने सवारी साधन विदेशी नम्बर प्लेटका हुन नपाउने स्पष्ट गरिएको छ।

आचारसंहितामा एउटै दल वा उम्मेदवारको नाममा अनुमति लिइएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नपाइने व्यवस्था पनि गरिएको छ। साथै, अनुमति प्राप्त सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्नसमेत निषेध गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *